टिभी हाउस एलजी शोरुमको २६ औं वार्षिक उत्सव सम्पन्न

काठमाडौं । टिभी हाउस एलजी शोरुमको २६ औं वार्षिक उत्सव सम्पन्न भएको छ । नेपालगन्जको न्यू रोडमा अवस्थित टिभी हाउस एलजी शोरुमले सोमबार एक कार्यक्रम आयोजना गर्दै २६ औं वार्षिक उत्सव मनाएको हो ।

विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित यस शोरुमले वार्षिक उत्सवको अवसरमा एलजी ब्राण्डका सामानहरुको खरिदमा विशेष छुटको व्यवस्था गरेको छ ।

साथै ईएमआई (किस्ताबन्दी) र एक्सचेञ्ज अफरको पनि व्यवस्था गरिएको एलजी शोरुमा सञ्चालक जहाँगिर सैयदले जानकारी गराए ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार