काठमाडौं ।नेपाल इन्स्योरेन्सले आफना शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । संस्थाको सोमबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशतका दरले बोनश शेयर र ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशतका दरले हुने २४ करोड ६६ लाख ३६ हजार २९० रुपैयाँ ९० पैसा बराबर बोनश शेयर र ०.७९ प्रतिशतका दरलले हुने १ करोड २९ लाख ८० हजार ८५७ रुपैयाँ ४२ पैसा नगद लाभांश वितरण गर्न लागेको हो । कम्पनीको हाल १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार रहेको छ ।
लाभांश वितरण प्रयोजर्नाथ शेयर दाखिला खारेज बन्द (बुकक्लोज) को मिति चैत ७ गते तोकेको छ । यो सँगै चैत ६ गतेसम्म शेयर कारोबार भई शेयर प्राप्त गरेका शेयरधनीहरु मात्र सभामा भाग लिन पाउने छन् ।