लगातार सातौ दिन घट्यो शेयर बजार, नेप्से २७१९ अंकमा

काठमाडौं । साताको तेस्रो दिन पनि शेयर बजार उच्च अंकले घटेको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ३२.२१ अंकले घटेर २७१९.२० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ३.२८ अंकले घटेर ४५६.४७ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स १.९४ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने १.०६ अंकले घटेको हो । यो सँगै सोमबारदेखि निरन्तर घटेको शेयर बजार मंगलबारसम्म आइपुग्दा पनि उच्च दोहोरो अंकले घटेको हो ।

मंगलबार ३०३ वटा कम्पनीको १ करोड ५५ लाख ५९ हजार शेयर कित्ता कारोबार हुँदा कारोबार रकम ८ अर्ब ३९ करोड ११ लाख ४९ हजार पुगेको छ । जुन सोमबारको तुलनामा १ करोड ३० लाख ९४ हजारले बढी हो । सोमबार ३११ वटा कम्पनीको १ करोड ५० लाख ९४ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ८ अर्ब ३७ करोड ८० लाख ५५ हजार पुगेको थियो ।

मंगलबार ३२ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा २०९ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ३ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

यस दिन १ वटा उपसमूह बढ्दा बाँकी १२ वटा उप समूह घटेको छ । विकास बैंक ११२ अंकले बढ्दा बैंकिङ १० , वित्त ४३, होटल र पर्यटन ७६, जलविद्युत ५६, लगानी २, जीवन बीमा १८२, उत्पादन र प्रशोधन १८६, लघुवित्त ४५, म्युअुचल फण्ड ०.०२, निर्जीवन बीमा १२८, व्यापार ७५ र अन्य समूह ४१ अंकले घटेको हो ।

यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा हिमालयन रिइन्स्योरेन्स, नेपाल रिइन्स्यारेन्स कम्पनी, महालक्ष्मी विकास बैंक, गार्डियन माइक्र लाइफ इनस्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी रह्यो । हिमालयन रिइन्स्योरेन्सको ५८ करोड ६५ लाख, नेपाल रिइन्स्यारेन्स कम्पनीको ५३ करोड ३६ लाख, महालक्ष्मी विकास बैंकको ४३ करोड ३४ लाख, गार्डियन माइक्र लाइफ इनस्योरेन्सको ३७ करोड २८ लाख र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको ३१ करोड ४७ लाख बराबर करोबार भयो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार