काठमाडौं । विश्व बजारमा मार्च ४ मा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा आईपुगेको छ । चौधरी समूह अन्तर्गतको सिजी टेलिकमले नेपाली बजारमा नथिङ नथिङ फोन थ्रि ए सेरिज लन्च गरेको हो ।
विश्व बजारमा हट केक सावित भएको नथिङ फोन थ्रि ए सेरिजले नेपाली बजारमा पनि उपभोक्ताको अत्याधिक राम्रो आकर्षण प्राप्त गर्न सफल भएको छ । गएको मार्च ५ तारिक देखि प्रिबुकिङ शुरु गरिएको नथिङ फोन थ्रि ए को प्रिबुकिङ दोश्रो दिन नै बन्द गरिएको थियो । लिमिटेड स्टकमा दिएको एक्साईटिङ प्रिबुकिङ अफरमा उपभोक्ताको अत्याधिक आकर्षण भएकैले तोकिएको अवधी नसकिंदैं प्रिबुकिङ अफर रोक्नु परेको सिजी मोबाइलका महाप्रबन्धक विनय जोशीले बताए ।
नथिङ टेक इन्थ्युजियास्टहरुको सर्बाधिक प्रिय स्मार्टफोन ब्राण्ड हो । स्मार्ट फोन डिजाईन निक्कै बोरिङ् भए यसलाई नयाँ डिजाईन ल्याङ्ग्वेजमा नयाँ तरिकाले रिडिजाईन गरिन आवश्यक छ भन्दै नथिङका संस्थापक कार्ल पेई ले आफ्नो पहिलो स्मार्टफोन फोन वान लाई प्रिमियम लुक्स र डिजाईनमा विश्व बजारमा सन् २०२२ मा उतारेका थिए । जसको आम उपभोक्ताले खुलेर प्रसंसा गरे अनि नथिङ विश्व बजारमा इन्नोभेटिभ स्मार्टफोनको रुपमा सहजै स्थापित भयो ।
“ट्रान्सप्यारेन्ट ब्याक डिजाईन र ग्लिफ लाईटिङ भएको फोनको रुपमा नथिङ टाढैबाट सहजै चिनिने स्मार्टफोन हो ।” माहाप्रबन्धक विनय जोशी भन्छन्, “जसलाई नथिङले आफ्नो नयाँ सेरिज फोन थ्रि मा निरन्तर कायम राखेको छ । आफ्नो अधिल्लो सेरिजको डिजाईन ल्याङ्ग्वेजलाई पछ्याउँदै नथिङ्ले नयाँ सेरिज फोन थ्रि मा थप परिमार्जन र डिजाईन अझ परिस्कृत तुल्याएको छ ।”
हालै नेपाली बजारमा उपलब्ध भएको नथिङ फोन थ्रि ए डिजाईन थप प्रिमियम देखिएको छ । फोनको पछिल्लो भागमा थपिएको एउटा क्यामेराले फोनको डिजाईनलाई अझ उत्कृष्ठ देखाएको छ भने अधिल्लो सेरिजमा प्रयोग गरिएको ट्रान्सप्यारेन्ट प्लास्टिक ब्याक प्यानललाई ग्लास ब्याक प्यानलले प्रतिस्थापन गर्दा फोन अझ बढी प्रिमियम र क्लासी फिल भएको हो ।