नेको इन्स्योरेन्सको हकप्रद शेयरमा आबेदन दिने म्याद थप

काठमाडौं । नेको इन्स्योरेन्सको हकप्रद शेयरमा आबेदन दिन समय थप भएको छ । कम्पनीले दुई अर्व एक करोड तेईस लाख साठ्ठी हजार छ सय उन्नाइसको २५ प्रतिशत प्रतिकित्ता १०० का दरले  २०८१ फागुन ८ देखी २८ सम्म  हकप्रद शेयर जारी  जारी गरेको हो ।

हकप्रदमा आबेदन दिने अन्तिम दिन सम्ममा पर्याप्त आबेदन नपरेपछि कम्पनीले हकप्रदको आबेदन दिने मिति २०८१ चैत १४ गते सम्मलाइ थप गरेको छ ।

हकप्रद शेयरमा आबेदन दिन बाँकी लगानी कर्ताले २०८१ चैत १४ गते कार्यालय समय भित्र हकप्रदको लागि आबेदन दिन सक्नेछन् ।

हकप्रद शेयरमा आबेदन दिन आबेदकले | नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि-आस्वा (C-ASBA) सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि-आस्वा (-CASBA) प्रणाली मार्फत साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर “मेरो शेयर” प्रयोग गरी अनलाइन मार्फत आवेदन दिन सक्नेछन्  ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार