प्रतिनिधि सभाको बैठक बस्दै यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसदको प्रतिनिधि सभाको  पाँचौं अधिवेशनको १७औं बैठक २०८१ फागुन २८ गते, बुधबार बिहान ११:०० बजे संसद भबन नयाँबानेश्वरमा बस्ने भएको छ ।

आजको बैठकमा “सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रभु साह, माननीय प्रकाश ज्वाला, प्रेम सुवाल र हितराज पाण्डेबाट प्राप्त विरोधको सूचनाहरुलाई निर्णयार्थ पेश गर्ने, प्रधानमन्त्री के.पी. शर्मा ओलीले “सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१” प्रस्तुत गर्ने कार्यसूची रहेको छ  साथै ।”आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रभु साह, प्रकाश ज्वाला र प्रेम सुवालबाट प्राप्त विरोधको सूचनाहरुलाई निर्णयार्थ पेश गर्ने। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले “आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१” प्रस्तुत गर्ने  कार्यसूची रहेको कार्यव्यबस्था परामर्स समितिले जानकारी दिएकि छ  ।

यसका साथै “निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रभु साह, मेटमणि चौधरी, प्रेम सुवाल, छिरिङ ल्हामु लामा (तामाङ) र माननीय माधव सापकोटाबाट प्राप्त विरोधको सूचनाहरुलाई निर्णयार्थ पेश गर्ने । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले “निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१” प्रस्तुत गर्ने “आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रभु साह, शेर बहादुर कुँवर, प्रेम सुवाल र रणेन्द्र बरालीबाट प्राप्त विरोधको सूचनाहरुलाई निर्णयार्थ पेश गरिने कार्यसूचीमा उल्लेख छ  ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले “आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१” प्रस्तुत गर्ने,”सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रभु साह, राजेन्द्र प्रसाद पाण्डे, माननीय प्रेम सुवाल र मिना तामाङबाट प्राप्त विरोधको सूचनाहरुलाई निर्णयार्थ पेश हुनेछ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले “सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक,२०८१” प्रस्तुत गर्ने,गृह मन्त्री रमेश लेखकले “सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिकामा उल्लेख छ  ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार