काठमाडौं । आज नेपालका पहाडी र हिमाली जिल्लामा होली पर्व (फागु पूर्णिमा) मनाइँदैछ ।
विशेषगरी नेपाल र भारतमा मनाइने होली रङहरुको पर्व हो । होलीकै दिनदेखि दिनदेअि वसन्त ऋतुको आगमन भएको मानिन्छ । यसका धार्मिक, सांस्कृतिक र ऐतिहासिक पक्षहरु छन् ।

होली पर्व हिन्दू धर्मका विभिन्न पुराणहरूमा वर्णन गरिएको छ । विशेषत: यस पर्वको सम्बन्ध प्रह्लाद र होलिका को कथासँग जोडिएको छ, जुन होलिका दहन (होलिका जलाउने दिन) को रूपमा मनाइन्छ । यो कथा अनुसार, राज हिरण्यकश्यपले भगवान विष्णुको विरोध गर्दै आफ्नो पुत्र प्रह्लादलाई मार्ने प्रयास गरे । तर प्रह्लाद भगवान विष्णुको भक्त थिए र उनले विष्णुको कृपाले बच्न सके। होलिका, जसलाई आगोमा न जल्ने शक्ति प्राप्त थियो, प्रह्लादलाई आफ्नो गोदमा लिएर आगोमा बसिन् । तर, होलिका आगोमा जले र प्रह्लाद बच्न सके । यो घटना विजय र सत्यको प्रतीकको रूपमा मानिन्छ र होलिका दहनको दिन यसलाई सम्झना गरिन्छ ।
त्यसैगरी, होलीको अर्को धार्मिक महत्व राधा र कृष्णको कथासँग जोडिएको छ । भनिन्छ कृष्ण राधासँग प्रेम प्रकट गर्नको लागि होली खेल्थे । कृष्णका लागि होली एक माध्यम थियो जसले प्रेम र मेलमिलापको संवेदनात्मक पाटो प्रस्तुत गर्थ्यो । राधा र कृष्णको प्रेमको प्रतीकका रूपमा होली मनाइन्छ ।
आज पहाडी र हिमाली जिल्लाहरुमा होली पर्व मनाइन्छ, जसका लागि सरकारले पहाडी र हिमाली ५६ जिल्लामा सार्वजनिक बिदा दिएको छ ।
भोलि तराईका २१ जिल्लाहरुमा होली पर्व मनाइनेछ ।