अधिकांश विदेशी मुद्राको भाउ घट्यो, कुनको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राहरुकाे विनिमयदर सार्वजनिक गरेको छ । यसदिन अधिकांश विदेशी मुद्राहरुको भाउ घटेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ९० पैसा र बिक्रीदर १३९ रुपैयाँ ५० पैसा छ । बिहीबार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ २४ पैसा र बिक्रीदर १३९ रुपैयाँ २४ पैसा रहेको थियो ।

यस्तै बिहीबार युरोपियन युरो एकको खरिददर १५१ रुपैयाँ ९४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ५९ पैसा रहेकोमा  आज युरोपियन युरो एकको खरिददर १५० रुपैयाँ ९५ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६० पैसा कायम भएको छ ।

यसैगरी हिजो बेलायती पाउन्ड स्टर्लिङको  खरिददर १८० रुपैयाँ ४१ पैसा र बिक्रीदर १८१ रुपैयाँ १९ पैसा रहेकोमा आज खरिददर र बिक्रीदर क्रमश:  १७९ रुपैयाँ ८५ पैसा र १८० रुपैयाँ ६२ पैसा कायम भएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार