मनकामना दरौंदी हाइड्रोपावरको साधारणसभा चैत २३ गते

काठमाडौं । मनकामना दरौंदी हाइड्रोपावर कम्पनी लिमिटेडको छैटौं बार्षिक साधारण सभा चैत २३ गते हुने भएको छ ।

फागुन २६ गते बसेको सञ्चालक समितिको ९३ औं बैठकले गरेको साधारणसभा गर्ने निर्णयअनुसार मिति र स्थान तय गरिएको हो । कम्पनीका अनुसार चैत २३ गते बिहान ११:३० देखि होटल हार्दिक, बागबजार, काठमाडौंमा सभा शुरु हुनेछ ।

साधारणसभामा संचालक समितिको तर्फबाट अध्यक्षले आव. २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस गरी छलफल गरी पारित हुनेछ । लेखा परिक्षकको प्रतिवेदन सहितको आ.व. २०८०/०८१ को वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण माथि छलफल गरि पारित गर्ने, आ.व.२०८१/०८२ को लागी लेखा परिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने,  सञ्चालकहरुको बैठक भत्ता, मासिक पारिश्रमिक, दैनिक भत्ता तथा भ्रमण खर्च वा अन्य सुविधा सम्वन्धमा । ५) सभाको माइनुट प्रमाणीत गर्न सञ्चालक र शेयरधनीको तर्फवाट प्रतिनिधि चयन गर्ने प्रस्ताव गरिएको छ ।

कम्पनीको हाल कायम रहेको चुक्ता पुँजी र सञ्चित मुनाफा (फ्रि रिजर्भ) को जम्मा रकम भन्दा बढीको विभिन्न वैंक तथा वित्तिय सस्थावाट ऋण लिन आवश्यक परेमा सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि साधारण सभामा पेस हुनेछ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार