तोलामै ४ हजारले बढ्यो सुन

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । शुक्रबार सुन तोलामा ४ हजार रुपैयाँले बढेर नयाँ कीर्तिमान कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सुन तोलामा १ लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदी प्रतितोला ५० रुपैयाँले बढेको हो । आज चाँदी २ हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ । अहिल्लो दिन चाँदी तोलामा २ हजार रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार