CLI

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । आज प्रतिनिधिसभा बैठक बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसदमा बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्नेछ ।

संघीय महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार आजकाे बैठकका तीन वटा सम्भावति कार्यसूची छन् ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले “आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने, “निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथी विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने र “आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथी विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेकाे संघीय संसद् सचिवालयले जनाएको छ ।

Leave Your Comment

Related News