काठमाडौं । निर्जीवन कम्पनी शिखर इन्स्योरेन्सले दुई दशक यात्रा पुरा गरेको छ । यसै अवसरमा कम्पनीले शिखर इन्स्योरेन्सको विषयवस्तु आधारित चलचित्र सार्वजनिक गरेको हो ।
‘चलचित्रले हाम्रा ग्राहकहरूको जीवनका आरोह–अवरोहमा साथ दिँदै बिताएका २० अद्भुत वर्षहरूलाई उजागर गर्छ,’ कम्पनीले जारी विज्ञप्तिमा भनिएको छ ।
यस चलचित्रले ग्राहकहरूले कम्पनी माथि देखाएको विश्वास र दृढतासँगै, उनीहरूको जीवनमा पुनः खुशीयाली फर्काउनका लागि हामीले लिएको यात्रालाई सुन्दर रूपमा चित्रित गरेको इन्स्योरेन्सको भनाइ छ ।