नेपाल लाइफ इन्स्योरन्सका तीन जना संचालकहरु निर्वाचित

काठमाडौं । नेपाल लाइफ इन्स्योरन्सका तीन जना संचालकहरु निर्वाचित भएको छ ।

इन्स्योरेन्सको २५औं वार्षिक साधारण सभाको निर्णयानुसार स्थगन रहेको सर्वसाधारण शेयरधनीहरु (समूह ख) को संचालक निर्वाचन सम्बन्धी बाँकी कार्यक्रम २०८१ चैत्र २ गते वीरगन्जमा सम्पन्न भएको छ । उक्त निर्वाचनबाट बिमल प्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जन संचालक सदस्यको पदमा निर्वाचित भएका छन् ।

साथै, निर्वाचन सम्पन्न भए पश्चात् चैत २ गते बसेको कम्पनी संचालक समितिको ३९३औं बैठकमा बीमा ऐन, २०७९ बमोजिम नवनिर्वाचित ३ जना संचालक सदस्यहरुले अध्यक्ष गोविन्द लाल संघईबाट सपथ ग्रहण गरी पदबहाली गरेका छन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार