काठमाडौं । टीभीएले आफ्नो लोकप्रिय मोडेल जुपिटर ११० लाई अपडेटेड भर्सनमा भारतमा सार्वजनिक गरेको छ । कम्पनीले जुपिटर ११० लाई ओबीडी–२बी मापदण्डको इन्जिन सहित अपडेट गरी बजारमा ल्याएको छ ।
नयाँ जुपिटरको सुरुवाती एक्स शोरुम मूल्य ७६हजार ६९१ हजार भारु तोकिएको छ । यो भारतीय बजारमा होन्डा एक्टिभा पछि ११० सीसी सेग्मेन्टमा सबैभन्दा धेरै बिक्री हुने स्कुटर मध्ये एक हो ।
यसमा ११३.३ सीसी सिंगल सिलिन्डर इन्जिन छ । स्कुटरले प्रति लिटर ५५ किलोमिटर माइलेज दिने दाबी गरिएको छ । यसमा कलर एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर, ब्लुटुथ कनेक्टिभिटी, टर्न बाइ टर्न नेभिगसन लगायत फिचरहरु उपलब्ध छन् ।