भल्भो ईसी२२० एक्स्काभेटर नेपालमा सार्वजनिक

काठमाडौं । भल्भो ईसी२२० एक्स्काभेटर नेपालमा सार्वजनिक भएको छ । पन्चकन्या ग्रुप अन्तर्गतको एक्सप्लोर अर्थ मुभर्स प्रालिले भल्भो ईसी२२० एक्स्काभेटर नेपालमा सार्वजनिक गरेको हो । ग्रुपले आफनो प्रधान कार्यालय ललितपुर महानगरपालिका वडा नं ३ कृष्णगल्लीको परिसरमा आयोजित एक कार्यक्रम बिच भल्भो ईसी२२० एक्स्काभेटर सार्वजनिक गरेको हो ।

भल्भो कन्स्ट्रक्सन इक्वीमेन्ट अन्तर्गतको नेपालको निर्माण तथा खानी उद्योगलाई अझ उन्नत बनाउने उद्देश्य सहित प्रख्यात भल्भो ईसी२२० एक्स्काभेटर नेपाली बजारमा सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । आधुनिक प्रविधि, इन्धन दक्षता, र उच्च उत्पादकत्वको संयोजनले यो मेसिनलाई निर्माण तथा खानी क्षेत्रमा अत्यावश्यक बनाएको छ ।

यस कम्पनी एक्सप्लोर अर्थ मुभर्स प्रालि अन्तर्गत बिक्री वितरण हुुने भल्भो ईसी२२० मेसिन शक्तिशाली इन्जिन क्षमताको हुने हुँदा जटिल निर्माण कार्यक्षेत्र जस्तै खानी, हाइड्रो सेक्टर ,सडक निर्माण तथा अन्य कठिन कार्यहरूमा उच्च प्रदर्शन दिने गरी निर्माण भएको कम्पनीले जनाएको छ ।ब जारमा उपलब्ध गराईएको यस इन्जिनले ईन्धनको बचत गर्दै वातावरण मैत्री साधनको रुपमा उच्च प्रदर्शन दिने गरी यूरो स्टेज आईआईआईए मापदण्ड अनुसारको रहेकाले वातावरणमा हुने प्रदूषण कम गराउन मद्दत गर्ने दाबी समेत कम्पनीले गरेको छ । यस मोडल बजारमा पाईने अन्य सोही प्रकृतीको मेसिनहरु भन्दा १०% बढी उत्खनन क्षमता सहितको, तीव्र हाइड्रोलिक जडित मेसिन हो । यस मेसिनको प्रयोगबाट निमार्ण क्षेत्रको कार्य क्षमता बढाई उच्च उत्पादकता दिने भएकाले ढुक्क भएर लगानी गर्न कम्पनीले आग्रह गरेको छ । यस मेसिनको मुख्य केही विशेषताहरुमा सन्चालन खर्च घटाई मर्मत खर्च समेत कम लाग्ने तथा लामो समयसम्म भरपर्दो सेवा दिने हुनाले यस मेसिनमा गा्रहकहरुको आकर्षण रहने कम्पनी विश्वास रहेको छ ।

नेपालमा निर्माण क्षेत्र, हाइड्रो सेक्टर र खानी क्षेत्रमा हुने गतिविधी तथा क्रियाकलापहरु निरन्तर वृद्धि भइरहेको सन्दर्भमा भल्भो ईसी२२० एक भरपर्दो र उपयुक्त विकल्पको रूपमा आएको छ ।साथै नेपाल भौगोलिक बनावाटले गर्दा उच्च उचाइमा हुने विकटता कठिनाईका कारणले निर्माण कार्य बढी कष्टकर भईरहेकोमा यस मेसिनको प्रयोगले प्रभावकारीता बृद्दी गराई भरपर्दो कार्यसम्पादन दिन सक्षम भएको जनाईएको छ ।यस मेसिनमा प्रयोग भएको नवीन प्रविधि, उच्च शक्ती जडित क्षमतको ईन्जिन र अन्य विशेषताहरुले नेपाली ग्राहकलाई उच्च उत्पादकत्व सहित न्यून सञ्चालन खर्च कम गराउने हुनाले यसको ब्रिक्री वितरणले सरोकार कर्ताहरुलाई फाइदा पु¥याउने विश्वास कम्पनीले लिएको छ ।

भल्भो ईसी का अधिकृत वितरक तथा बिक्रेता मार्फत ईसी२२० मेसिनको खरिद, सेवा तथा स्पेयर पाट्र्स उपलब्ध छन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार