काठमाडौं । संघीय संसदको प्रतिनिधि सभाको पाँचौं अधिवेशन को २० औं वैठक आज २०८१ चैत ४ गते, सोमबार बिहान ११:०० बजे संसद भवन नयाँबानेशवरमा बस्ने भएको छ ।
आजको पर्तिनुधि सभाको वैठकमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले:-(क) “सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने, “सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ लाई पारित गरियोस्” भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।
आजको वैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीलेः-“सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने। “सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ लाई पारित गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसुची रहेको कार्यव्यवस्था परामर्श समितिले जनाएको छ ।
आज संघीय संसदको राष्ट्रिय सभाको वैठकपनि बिहान ११ बजे बस्ने तय भएको छ । आजको वैठकमा विधायन व्यवस्थापन समुतिका सभापति तुलसा कुमारी दाहालले बैङ्किङ कसुर (दोस्रो स.शोधन) विधयेक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभामा पेश गर्ने शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विध्या भट्टराईले राष्ट्रिय विज्ञान प्रयोगशाला(स्थापनार सञ्चालन)विधेयक, २०८१ लाई दफावार छलफलको लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस भन्ने प्रस्ताव पेश गर्ने, विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित तिलगंगा नेत्र विशवबिध्यालय विधेयक,२०८१ माथि छपफल गरियोस भन्ने प्रस्ताव पेश गर्ने तिलगंगा नेत्र विशवबिध्यालय विधेयक,२०८१ पारित गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसुची रहेको छ ।