काठमाडौं । सर्वच्च अदालतले नक्कली भुटानी शरणार्थी बनाइ मानव तस्करी गरेको आरोपमा पक्राउ परेका दुई अभियुक्तलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ ।
सोमबार छ । पाण्डेकी श्रीमती मञ्जु पाण्डेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको छ । असार १ गते जिल्ला अदालत काठमाडौँले गत वैशाखमा पक्राउ परेका उनीसहित १६ जनालाई थुनामा पठाउने आदेश गरेको थियो । पुर्पक्षका लागि केन्द्रीय कारागार (जगन्नाथ देवल) सुन्धारामा रहेका उनलाई कारागारमा राख्नु गैरकानुनी भएको भन्दै उनकी श्रीमती मञ्जु् पाण्डेले गत फागुन ११ गते बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।
यसैगरी शरणार्थी प्रकरणका अर्का आरोपी बेचन झाले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट पनि सर्वोच्चले खारेज गरेको छ । न्यायाधीशद्वय विनोद शर्मा र अब्दुलअजिज मुसल्मानको इजलासले सोमबार रिट खारेज गरेको हो ।