दीपक थापा नेपाल प्रहरीका ३१औँ महानिरीक्षकमा नियुक्त

काठमाडौं । नेपाल प्रहरीले नयाँ नेतृत्व पाएको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दीपक थापालाई नेपाल प्रहरीको ३१औँ महानिरीक्षक (आईजीपी) पदमा नियुक्त गर्ने निर्णय गरेको छ।

थापा २०५२ साल भदौ १९ गते प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदबाट नेपाल प्रहरीमा सेवा प्रवेश गरेका थिए। उनी आगामी १८ भदौसम्म प्रहरी प्रमुखको रूपमा कार्यरत रहनेछन्।

आईजीपी नियुक्तिका लागि एआइजीहरू सुदीप गिरी र टेकबहादुर तामाङ पनि प्रतिस्पर्धामा रहेका थिए। तर, मन्त्रिपरिषद्ले थापालाई नेतृत्व सुम्पने निर्णय गरेको हो।

यसअघि नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर ३० वर्षे सेवा अवधिका कारण अवकाश भएपछि उक्त पद रिक्त भएको थियो। कुँवरको अवकाशसँगै रिक्त पदमा सरकारले वरिष्ठता र अनुभवका आधारमा थापालाई नियुक्त गरेको हो।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार