काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्राध्यापक डा. अच्युत वाग्ले नियुक्त भएका छन्। प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले उनलाई उपकुलपतिका रूपमा नियुक्त गरेका हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार वाग्लेलाई नियुक्तिपत्र लिन प्रधानमन्त्री कार्यालयमा बोलाइएको छ। नियुक्तिपत्र आजै दिइने छ ।
यसअघि, माघ ४ गते पूर्व उपकुलपति भोला थापाको कार्यकाल सकिएपछि वाग्ले निमित्त उपकुलपतिका रूपमा कार्यरत थिए। वाग्ले २०७९ असोज २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाबाट काठमाडौं विश्वविद्यालयका रजिष्ट्रारमा नियुक्त भएका थिए।
वाग्ले अर्थशास्त्रका विज्ञसमेत हुन्। उनले आर्थिक तथा नीतिगत विषयमा लामो समयदेखि अनुसन्धान तथा लेखन कार्य गरिरहेका छन्। उनी अभियान दैनिकका पूर्व सम्पादक समेत हुन्।