काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले २७ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति प्राप्त गरेको छ। सेबोनले कम्पनीलाई चैत ३ गते अनुमति प्रदान गरेको हो।
हाल कम्पनीको चुक्तापूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ। अनुमति पाएसँगै कम्पनीले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको नयाँ शेयर जारी गर्नेछ।
नेपाल बीमा प्राधिकरणको निर्देशनअनुसार जीवन बीमा कम्पनीहरुले न्यूनतम ५ अर्ब रुपैयाँ चुक्तापूँजी पुर्याउनुपर्ने बाध्यात्मक अवस्था छ। हकप्रद शेयर जारी र बाँडफाँट पश्चात् कम्पनीको चुक्तापूँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ।
कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले लिएको छ।