विदेशी मुद्रा साँट्दै हुनुहुन्छ ? यस्तो छ आजका लागि विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलर र युरो लगायतका मुद्राको मूल्य घटे पनि, बेलायती पाउन्ड स्टर्लिङ र अस्ट्रेलियन डलरको मूल्य भने बढेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको एकको खरिद दर १३८ रुपैयाँ ५९ पैसा र बिक्री दर १३९ रुपैयाँ १९ पैसा कायम भएको छ। सोमबार अमेरिकन डलरको खरिद दर १३८ रुपैयाँ ९० पैसा र बिक्री दर १३९ रुपैयाँ ५० पैसा थियो।

युरोपियन युरोको एकको खरिद दर १५१ रुपैयाँ १२ पैसा र बिक्री दर १५१ रुपैयाँ ६६ पैसा रहेको छ। युके पाउण्ड स्ट्रलिङको एकको खरिद दर १७९ रुपैयाँ ७८ पैसा र बिक्री दर १८० रुपैयाँ ५६ पैसा रहेको छ। स्विस फ्र्याङ्कको एकको खरिद दर १५७ रुपैयाँ ०२ पैसा र बिक्री दर १५७ रुपैयाँ ७० पैसा कायम भएको छ।

अष्ट्रेलियन डलरको एकको खरिद दर ८८ रुपैयाँ ०० पैसा र बिक्री दर ८८ रुपैयाँ ३९ पैसा तोकिएको छ। क्यानेडियन डलरको एकको खरिद दर ९६ रुपैयाँ ५८ पैसा र बिक्री दर ९७ रुपैयाँ ०० पैसा रहेको छ। सिङ्गापुर डलरको एकको खरिद दर १०४ रुपैयाँ ०६ पैसा र बिक्री दर १०४ रुपैयाँ ५१ पैसा कायम गरिएको छ।

जापानी येनको १० को खरिद दर ९ रुपैयाँ ३३ पैसा र बिक्री दर ९ रुपैयाँ ३७ पैसा छ। चिनियाँ युआनको एकको खरिद दर १९ रुपैयाँ १६ पैसा र बिक्री दर १९ रुपैयाँ २४ पैसा रहेको छ। साउदी अरेबियन रियालको एकको खरिद दर ३६ रुपैयाँ ९५ पैसा र बिक्री दर ३७ रुपैयाँ ११ पैसा तोकिएको छ। कतारी रियालको एकको खरिद दर ३८ रुपैयाँ ०२ पैसा र बिक्री दर ३८ रुपैयाँ १९ पैसा कायम भएको छ।

थाई भाटको एकको खरिद दर ४ रुपैयाँ १३ पैसा र बिक्री दर ४ रुपैयाँ १४ पैसा, युएई दिरामको एकको खरिद दर ३७ रुपैयाँ ७४ पैसा र बिक्री दर ३७ रुपैयाँ ९० पैसा, मलेसियन रिङ्गेटको एकको खरिद दर ३१ रुपैयाँ १८ पैसा र बिक्री दर ३१ रुपैयाँ ३१ पैसा, साउथ कोरियन वोनको एक सयको खरिद दर ९ रुपैयाँ ५७ पैसा र बिक्री दर ९ रुपैयाँ ६१ पैसा, स्वीडिस क्रोनरको एकको खरिद दर १३ रुपैयाँ ७० पैसा र बिक्री दर १३ रुपैयाँ ७६ पैसा, र डेनिस क्रोनरको एकको खरिद दर २० रुपैयाँ २६ पैसा र बिक्री दर २० रुपैयाँ ३४ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङ्कङ डलरको एकको खरिद दर १७ रुपैयाँ ८४ पैसा र बिक्री दर १७ रुपैयाँ ९१ पैसा, कुवेती दिनारको एकको खरिद दर ४५० रुपैयाँ १० पैसा र बिक्री दर ४५२ रुपैयाँ ०५ पैसा, बहराइन दिनारको एकको खरिद दर ३६७ रुपैयाँ ८४ पैसा र बिक्री दर ३६९ रुपैयाँ २३ पैसा, र ओमनी रियालको एकको खरिद दर ३५९ रुपैयाँ ९७ पैसा र बिक्री दर ३६१ रुपैयाँ ५३ पैसा तोकिएको छ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार