काठमाडौं । पियोर इनर्जी लिमिटेडले फागुन २० गतेदेखि निष्कासन गरिरहेको पहिलो चरणको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीलाई नेपाल धितोपत्र बोर्डले प्रतिकित्ता १०० रुपैयाँमा जम्मा १६ लाख कित्ता आईपीओ निष्काशनको अनुमति दिएको थियो । जसमध्ये १ लाख ६० हजार कित्ता आयोजना प्रभावित अर्थात् बाँके जिल्लाबासीका लागि र १ लाख ४४ हजार कित्ता नेपाल सरकारबाट श्रम स्वीकृति लिई विदेशमा रोजगार गरिरहेका नेपालीहरूका लागि निष्काशन गरिरहेको छ ।
आईपीओमा आवेदन दिँदा घटीमा १० कित्ताका लागि दिनु पर्नेछ भने बढीमा आयोजना प्रभावितले १६ हजार कित्तासम्म र वैदेशिक रोजगारीमा रहेकाले ७ हजार २०० कित्तासम्म माग गर्न सक्नेछन् ।
पहिलो चरणको आईपीओ बाँडफाँडपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्नेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।