काठमाडौं । गत आर्थिक बर्षको अन्त्यमा सेवानिवृत्ति कोष अन्तर्गत कर्मचारी संचय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषसँग कुल स्रोत ८४० अरब रुपैया थियो भने अर्को पाँच वर्षमा दुई गुणा हुने प्रक्षेपण गरिएको छ |
त्यस्तै गरेर जिबन बिमा कम्पनिसंग २०७९/८० आर्थिक बर्षको मसान्तमा ५६० अरब रुपैया बराबरको स्रोत उपलब्ध रहेकोमा अर्को पांच बर्षमा २,२०० अरब रुपैया स्रोत उपलब्ध हुने प्रक्षेपण गरिएको छ | यी संस्थाहरुको अधिकांश स्रोत बैंक तथा वित्तीय संस्थामा निक्षेप राखिएको र आफ्ना सदस्यलाई कर्जा उपलब्ध गराइएको छ भने केवल ८% मात्र उत्पादनशील पूर्वाधार योजनामा लगानी गरिएको छ | यो लगानी योग्य स्रोतलाई दिगो आर्थिक प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्ने र भविष्यमा स्थापना हुने सार्वभौम लगानी कोष जस्ता बिशिष्ट सार्वजनिक कोषसँग सहकार्य गरी उत्पादनशील पूर्वाधारमा लगानी गर्ने वातावरण तथा संरचना तयार गर्नु पर्छ |
शिक्षण, सीप, अध्ययन एवं नवप्रवर्तन केन्द्र, आइटी पार्क, भारतका आइआइटि, आइआइएम, एम्स जस्ता बिशिष्ट अध्ययन संस्था, प्रमुख सहरका ठुला अस्पतालसंगको सहकार्यमा बिशिष्ट शिक्षण अस्पताल, आन्तरिक बिद्युत खपत बढाउन प्रसारण तथा वितरण पूर्वाधार, तीन महिनाको माग धान्ने इन्धन भण्डारण पूर्वाधार, बहु-उद्देशीय पूर्वाधार आयोजनामा मौद्रिकरण गर्न सकिने योजना (सुनकोशी मरिन र भेरी बबई आयोजना अन्तर्गतका जल बिद्धुत योजना) जस्ता आर्थिक वृद्धिमा प्रत्यक्ष योगदान दिने र लगानीको आर्थिक प्रतिफल पनि सुनिश्चित हुने विविध परियोजनामा यी संस्थाहरु मार्फत लगानी प्रबर्धन गर्ने रणनिती अवलम्बन गर्नु पर्छ |
सरकारी लगानी, बैदेशिक सहयता एवं लगानी तथा निजि क्षेत्रको लगानी संकुचित हुदै गएको परिपेक्ष्यमा लगानीको स्रोत विविधिकरण र अभिवृद्धि गर्न अवाञ्छनीय छ |
(अर्थविद् गौचनले सेवानिवृत्ति कोषबारे सामाजिक सञ्जालमा राखेको टिप्पणी)