काठमाडौं । सूनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार सुनको मूल्य १ हजार १०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रति तोला १ लाख ७५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यो हालसम्मको सुनको अधिकतम मूल्य हो ।
सोमबार छापावाला सुन प्रतितोला १ लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य तोला १० रुपैयाँले बढेको छ। महासंघले मंगलबार लागि चाँदी प्रतितोला २ हजार ५० रुपैयाँ तोकेको छ । सोमबार चाँदी प्रतितोला २ हजार ४० रुपैयाँमा कारोबार भएको थियो ।