प्रोग्रेसिभ फाइनान्सको १ लाख ८१ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । प्रोग्रेसिभ फाइनान्स लिमिटेडले १ लाख ८१ हजार ८३८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

केही शेयरधनीहरुले शेयर बिक्री  गर्नका लागि संचालक समिति समक्ष निवेदन गरेपछि संस्थाले उक्त शेयर बिक्रीका लागि सूचना जारी गरेको हो । उक्त संस्थापक शेयर खरिद गर्न पहिलो प्राथमिकता यस संस्थामा कायम रहेका शेयरधनीले पाउनेछन् ।

कम्पनीले ३५ दिन भित्र शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले संचालक समिति समक्ष आवेदन गर्न सक्ने जनाएको छ । ३५ दिन भित्र शेयर खरिद सम्बन्धी कुनै आवेदन नपरेमा जारी निर्देशन तथा मापदण्ड बमोजिम सर्वसाधारणले किन्न पाउनेगरी अर्को सूचना जारी हुनेछ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार