नेप्से आगामी सीईओको व्यावसायिक कार्य योजना प्रस्तुत सम्पन्न

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि संक्षिप्त सूचीमा परेका पाँच जनाले आज व्यावसायिक कार्य योजना प्रस्तुत गरेका छन् । संक्षिप्त सूचीमा परेका पाँच जनाले व्यावसायिक कार्य योजना प्रस्तुत गरेको अर्थमन्त्रालयले जानकारी दिएको छ ।

नेप्सेको सीईओ पदमा खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्नका लागि गत फागुन १२ गतेदेखि १८ गतेसम्म आवेदनका लागि सूचना आह्वान भएको थियो । जसमा १० जनाको आवेदन परेको थियो ।

अर्थ मन्त्रालयअन्तर्गत नेप्सेको सीईओ पदमा नियुक्तिका लागि गठित समितिको संक्षिप्त सूचीमा चुडामणी चापागाई, नारद कुमार लुइंटेल, पूर्ण प्रसाद आचार्य, बद्री प्रसाद प्याकुरेल र हेमन्त बस्यालको नाम परेको हो ।

व्यावसायिक कार्य योजना प्रस्तुतको आधारमा समितले तीन जनाको मन्त्रिपरिषद्मा पेश गर्नेछ । तीन मध्ये एकलाई मन्त्रिपरिषद्ले नेप्सेको सीईओ रुपमा नियुक्ति दिने छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार