CLI

महिला लघुवित्तले बोलायो वार्षिक साधारण सभा

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेको सातौं वार्षिक साधारणसभा बिहीबार अर्थात् चैत ७ गते बस्दैछ। सभा शंखमूलस्थित अनमोल क्याटरिङ् सर्भिसमा बिहान ११ बजेदेखि शुरू हुनेछ।

सभाले कम्पनी अन्य लघुवित्तसँग मर्जरमा जान आवश्यक सबै काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ।

त्यस्तै गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सभा प्रयोजनार्थ कम्पनीले गत फागुन २५ गते १ दिन बुक क्लोज तय गरिसकको छ। बुक क्लोजको आधारमा फागुन २३ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन पाउने छन् ।

Leave Your Comment

Related News