CLI

अन्तिम समयमा शेयर मूल्य बढाउने र घटाउने चलखेलमा लगाम

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले अन्तिम समयमा शेयर मूल्य कृत्रिम रूपमा बढाउने वा घटाउने प्रवृत्ति नियन्त्रण गर्न नयाँ व्यवस्था लागू गर्ने भएको छ। आगामी बिहीबारदेखि नेप्सेले अन्तिम कारोबार मूल्य निर्धारण गर्ने नयाँ विधि अपनाउने छ।

नेप्सेले बुधबार एक सूचना जारी गर्दै चैत ५ गते बसेको सञ्चालक समितिको निर्णयअनुसार चैत ७ गतेदेखि नियमित कारोबार सत्रमा दिउँसो २स्४५ देखि ३स्०० बजेसम्मको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्यका रूपमा लिने जानकारी दिएको छ। यदि सो अवधिमा कुनै कारोबार नभएमा पछिल्लो कारोबार मूल्य नै अन्तिम मूल्य मानिनेछ।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार यस व्यवस्थाले बजारमा कृत्रिम उतार(चढाव ल्याउने गतिविधिलाई नियन्त्रण गर्न सहयोग गर्नेछ। उनले भने, ‘अन्तिम मिनेटमा मूल्य हेरफेर गरेर कृत्रिम प्रभाव पार्ने प्रवृत्ति कम गर्न यो व्यवस्था प्रभावकारी हुनेछ।’

यस अनुसार, दिउँसो २:४५ देखि ३:०० बजेसम्म भएका सबै कारोबार रकम र शेयर मूल्यको भारित औसत मूल्य निकालिनेछ।

नेप्सेले यो नयाँ प्रणालीले बजारमा पारदर्शिता बढाउने र लगानीकर्तालाई वास्तविक मूल्यमा आधारित निर्णय गर्न सहयोग गर्ने विश्वास लिएको छ।

Leave Your Comment

Related News