शिक्षा क्षेत्रलाई बाच्न र फस्टाउन देउ- अर्थविद् विस्वास गौचन

काठमाडौं । विश्व श्रम बजारलाई बिज्ञान, प्रबिधि, इञ्जिनिअरिङ्ग र हिसाब अर्थात “स्टेम” सम्बन्धि जनशक्ति चाहिरहेको बेला हाम्रो शिक्षा प्रणालीले चाँही जम्मा १७% मात्र उत्पादन गरिरहेको छ | अधिक राजनीतिकरण, अधिकांश अयोग्य शिक्षक, र गैर-जवाफदेही प्रणालीले सार्बजनिक शिक्षा क्षेत्र लगभग ध्वस्त भैसकेको अवस्थामा यही शिक्षा प्रणालीले शिक्षा शास्त्र मार्फत २७% अयोग्य शिक्षक तथा अधिक व्यापारीकरण, बित्तियकरण, र जग्गा मौद्रिकरणले अर्थतन्त्र खस्किरहेको अवस्थामा व्यवस्थापन शास्त्र मार्फत ४५% व्यवस्थापन सम्बन्धि साधारण (mediocre) जनशक्ति उत्पादन गरिरहेको छ | डिजिटल रुपान्तरण मार्फत विश्व मूल्य अभिवृद्धि शृंखलामा नेपाललाई जोड्ने हो र मुलुकलाई श्रम निर्यात गर्ने मुलुकबाट सेवा निर्यात गर्ने अर्थतन्त्रको रुपमा स्थापित गर्ने हो भने शिक्षा क्षेत्रको बृहत सुधार मार्फत एक दशक भित्र यो परिणाम ठ्याकै उल्टाउन अबाञ्छनिय छ |

सम्बृद्ध नोर्डिक राष्ट्रको शिक्षा प्रणालीको गफ छाँटेर नेपाल जस्तो गरिब मुलुकमा निजि क्षेत्रको सहभागिता बिना नि:शुल्क शिक्षा मार्फत मुलुक शिक्षित र सम्बृद्ध बनाउने हास्यास्पद आदर्शबादले देश उभो होइन उधो लाग्ने छ | एक पटक नतिजाको आधारमा सार्बजनिक शिक्षाको वास्तविक अवस्था समिक्षा गरौँ त, यो भन्दा कति खराब हुन सक्ला? निजि क्षेत्रको सहभागिता र योगदानलाई अवमुल्यन गरी प्रतिगामी शिक्षा नीति लाड़ने हो भने शिक्षा क्षेत्रमा अहिले सम्म प्राप्त भएको केही न्युनतम उपलब्धि पनि गुम्ने छ |

अपरिवर्तनीय बिशिष्ट भूगोल, संकीर्ण छिमेकी तथा बदलिँदो भू-राजनैतिक परिस्थितिको कारण पनि ज्ञान अर्थतन्त्रमा रुपान्तरणको विकल्प हामीसंग छैन | हाम्रो जनसाङ्ख्यिकीय बनोट र विश्व भर फैलिएको प्रबासी नेपाली यो रुपान्तरणको प्रमुख उत्प्रेरक एवं संवाहक हुन् | विश्व स्तरको जनशक्ति उत्पादन गरी नेपाललाई सम्बृद्ध बनाउन शिक्षा, सिप, प्रबिधि, र मानव पुँजीमा बृहत सार्बजनिक तथा निजि लगानी अभिवृद्धि गर्न सहज वातावरण निर्माण गर

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार