२६६९ मा खुम्चियो शेयर बजार, साढे ४ अर्बमा सिमित कारोबार

काठमाडौं । साताको अन्तिम दिन बिहीबार शेयर बजार घटेको छ ।

बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १२.८४ अंकले घटेर २६६९.३१ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने २.२१ अंकले घटेर ४४७.७० विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स ०.९२ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.७१ अंकले घटेको हो । यो सँगै शेयर बजार यो साताभर घटेको छ ।

बिहीबार ३१२ वटा कम्पनीको ९५ लाख ९९ हजार ३४३ कित्ता शेयर कारोबार हुँदा करोरबार रकम ४ अर्ब ५६ करोड १३ लाख ११ हजार पुगेको छ । जुन बुधबारको तुलनामा ५८ करोड २६ लाख ८६ हजारले कम हो ।

बुधबार ३११ वटा कम्पनीको ९५ लाख ८३ हजार ८२९ कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ५ अर्ब १४ करोड ३९ लाख ९७ हजार पुगेको थियो ।

साथै बिहीबार बजार पुँजीकरण रकम ४४ खर्ब ३२ अर्ब २७ करोड पुगेको छ ।

बिहीबार ६२ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा १७५ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ७ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

यस दिन १ वटा उपसमूह बढ्दा बाँकी १२ वटा उप समूह घटेको छ । व्यापार ११ अंकले बढ्दा बैंकिङ ७, विकास बैंक १०, वित्त ३३, होटल र पर्यटन ३२, जलविद्युत २५, लगानी ०.२३, जीवन बीमा ६, उत्पादन र प्रशोधन ५१, लघुवित्त ३३, म्युअुचल फण्ड ०.०७, निर्जीवन बीमा ११३ र अन्य समूह १४ अंकले घटेको हो ।

यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा नेपाल रिइन्स्यारेन्स, हिमालयन रिइन्स्योरेन्स, सिन्धु विकास बैंक, युनाईटेड मर्दी हाइड्रोपावर र घल्मेदी हाइड्रोपावर रहेको छ ।

नेपाल रिइन्स्यारेन्सको २८ करोड २१ लाख, हिमालयन रिइन्स्योरेन्सको २३ करोड १२ लाख, सिन्धु विकास बैंकको १६ करोड ६४ लाख, युनाईटेड मर्दी हाइड्रोपावरको १६ करोड २३ लाख र घल्मेदी हाइड्रोपावरको १३ करोड ६ लाख बराबर करोबार भयो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार