लोडसेडिङको हल्ला फैलाएर आंतक मच्चाउने ऊर्जामन्त्रीको राजीनामा माग

काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद ज्ञानु बस्नेतले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कालाई पदबाट बर्खास्त गर्न माग गरेकी छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बस्नेतले नेपाल विद्युत प्राधिकरणलाई ध्वस्त पार्ने षड्यन्त्रमा मन्त्री खड्का लागेकाले तत्काल बर्खास्त गर्नुपर्ने माग गरिन् ।

ऊर्जामन्त्री खड्काले लोडसेडिङको हल्ला फैलाएर जनतालाई आतंकित बनाएको र नेपाल विद्युत प्राधिकरण ध्वस्त बनाउन लागिपरेको भन्दै उनले बर्खास्त गर्न माग गरेकी हुन् । उनले भनिन्, ‘ऊर्जामन्त्री दीपक खड्काले अब नेपालमा लोडसेडिङ हुने र विगतमा लोडसेडिङ नभएको छिमेकी देशको कारणले भएको भन्ने अभिव्यक्तिप्रति खेद व्यक्त गर्दछु ।’

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार