साढे ११ खर्बको आयात हुदाँ साढे १ खर्बको निर्यात, पौने १० खर्बको व्यापार घाटा

काठमाडौं । उच्च आयात र न्यून निर्यातका कारण नेपालको तेस्रो मुलुकसँगको व्यापारमा घाटा व्यहोर्ने गरेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा व्यापार घाटा ९ खर्ब ८७ अर्ब ३९ करोड पुगेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ६.२२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको आठ महिनामा व्यापार घाटा ९ खर्ब २९ अर्ब ६० करोड रहेको थियो ।

समिक्षा अवधिमा १ खर्ब ५८ अर्ब १७ करोडको निर्यात व्यापार रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ५ठ.२० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको आठ महिनामा १ खर्ब ६१ करोड बराबरको निर्यात व्यापार रहेको थियो । निर्यात व्यापार बढ्नुमा भने निर्यातजन्य सामग्री भटमासको तेल, सूर्यमूखी तेल, गलैंचा अलैंची लगायतका सामग्रीहरु उच्च निर्यात कारक रहेको छ ।
चालु आर्थिक वर्षको आठ महिनामा आयात ११ खर्ब ४५ अर्ब ५६ करोड रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ११.२० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा आयात १० खर्ब ३० अर्ब २२ करोड रहेको थियो ।

आयातमा भने समीक्षा अवधिका पेट्रोलियम पदार्थ, फलाम तथा स्टिल र तिनका उत्पादनहरु, मेसिनरी तथा पाट्र्स, यातायातका साधन र तिनका पार्टस्, भटमास, दूरसञ्चारका सामग्री, इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्री, पामलगायतका सामग्री छन् । यसैगरी समीक्षा अवधिमा औषधिको आयातमा वृद्धि भएको छ । खोपको आयात भारी मात्रामा हुन गई औषधिको आयातमा यस्तो वृद्धि देखिएको हो । कृषिप्रधान मुलुक भन्ने कृषि उत्पादनमा जोड नदिदाँ आयात उच्च भएको बताउँछन व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका पूर्वनायब कार्यकारी निर्देशक डा. समुन रेग्मी बताउछन् । उनले अधिकांश निर्यातयोग्य वस्तुहरु आयातीत कच्चा पदार्थमा र न्यूनतम मूल्य अभिवृद्धिमा आधारित हुदाँ व्यापार घाटामा कमी आउन ननसकेको बताए । निर्यातयोग्य कृषि क्षेत्रका वस्तुहरुका व्यावसायिक उत्पादन हुन नसक्नु अर्को समस्या रहेको उनको भनाई छ ।

चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा कुल वैदेशिक व्यापार १३ खर्ब ३ अर्ब ७३ करोड रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनमा १५.२९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको आठ महिनाको अवधिमा कुल वैदेशिक व्यापार ११ खर्ब ३० अर्ब ८४ करोड रहेको थियो । समिक्षा अवधिमा नेपालले १२५ मुलुकसँगको व्यापारमा घाटा व्यहोर्दा ३६ वटा मुलुकसँग नाफा आर्जन गरेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार