CLI

सुयोग श्रेष्ठ पुनः डीबान अध्यक्ष, नयाँ कार्यसमिति चयन

काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल (डीबान)को १९औं वार्षिक साधारण सभाले सुयोग श्रेष्ठलाई पुनः अध्यक्षमा चयन गरेको छ। पोखरामा सम्पन्न साधारण सभाले सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रेष्ठलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो।

सभाले आगामी कार्यकालका लागि अन्य पदाधिकारीहरू पनि चयन गरेको छ। उपाध्यक्षमा कामना सेवा विकास बैंकका सीईओ दिनेश थकाली, सचिवमा गरिमा विकास बैंकका माधव प्रसाद उपाध्याय तथा कोषाध्यक्षमा ज्योति विकास बैंकका कपिल ढकाल चयन भएका छन्।

त्यसैगरी, सदस्यहरूमा लुम्बिनी विकास बैंकका नरेश सिंह बोहरा, साइन रेसुंगा डेभलपमेण्ट बैंकका प्रकाश पौडेल, महालक्ष्मी विकास बैंकका दिपेश लम्साल, ग्रिन डेभलपमेण्ट बैंकका हरिबहादुर बुढाथोकी, र सप्तकोशी डेभलपमेण्ट बैंकका दिनेश पोखरेल निर्वाचित भएका छन्।

साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन, अध्यक्षको प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ को अनुमानित आय-व्यय तथा लेखापरीक्षक नियुक्ति सम्बन्धी प्रस्तावहरू पनि सर्वसम्मतिले पारित गरेको छ।

नयाँ नेतृत्व चयनसँगै डीबानले आगामी दिनमा विकास बैंकहरूको सशक्तीकरण, नीति सुधार र वित्तीय स्थायित्वका लागि प्रभावकारी कदम चाल्ने विश्वास व्यक्त गरिएको छ।

Leave Your Comment

Related News