CLI

एमबीएल इक्विटी फण्डका सम्पूर्ण इकाइहरु पूर्ण बिक्री

काठमाडौं । माछापुच्छ्रे बैंक कोष प्रबद्र्धक रहेको तथा माछापुच्छ्रे क्यापिटल योजना व्यवस्थापक रहेको एमबीएल इक्विटी फण्डका सम्पूर्ण इकाइहरु आवेदन बन्द हुने मितिको अन्तिम दिनको कार्यालय समय सकिनु अगावै पूर्ण रुपमा बिक्री भएका छन् । २०८१ फागुन २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरिएको एमबीएल इक्विटी फण्डको अन्तिम आवेदन चैत ७ गतेसम्म तोकिएको थियो ।

एमबीएल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने १२ वर्षे बन्दमुखी प्रकृतिको एमबीएल इक्विटी फण्डको प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याइएको थियो । यस फण्डले बिज पूँजी वापत १५ प्रतिशत इकाई मध्ये १४ प्रतिशत अर्थात् एक करोड ६८ लाख इकाई कोष प्रबद्र्धक कम्पनी माछापुच्छ्रे बैंकलाई र १ प्रतिशत अर्थात १२ लाख इकाई योजना व्यवस्थापक कम्पनी माछापुच्छ्रे क्यापिटललाई सुरक्षित गरि बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।

Leave Your Comment

Related News