बैशाख ५ र ६ गते सुर्खेतमा दोस्रो संस्करणको डिजिटल कर्णाली कन्क्लेभ आयोजना हुँदै

काठमाडौं । बैशाख ५ र ६ गते कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दोस्रो संस्करणको डिजिटल कर्णाली कन्क्लेभ आयोजना हुने भएको छ । कर्णाली प्रदेश सरकार र आइसिटी फाउन्डेसन नेपालको संयुक्त आयोजनामा डिजिटल नेपाल कन्क्लेभ २०२५ हुने भएको हो । बुधवार आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कर्णाली प्रदेश र आइसिटी फाउन्डेसन नेपालबीच कन्क्लेभ आयोजनाको लागि सम्झौता भएको छ ।

वीरेन्द्रनगरको सिद्दार्थ सन्नी रिसोर्टमा २ दिनसम्म चल्ने कन्क्लेभमा डिजिटल कर्णालीको हालको अवस्था, अवसर, सम्भावना र चुनौतीका विषयमा वृहत छलफल हुनेछ । ‘इम्पावारिङ द फ्युचर: इन्नोभेसन, कनेक्टिभिटी एण्ड सस्टेनवलिटी’ मुख्य बिषयमा केन्द्रित हुने कन्क्लेभमा बिभिन्न ४ किनोट प्रस्तुतिसँगै ८ बढी सेसनहरु रहनेछन ।

कन्क्लेभमा ५० बढी बिज्ञहरु राष्ट्रिय र अन्तरास्ट्रिय स्तरबाट बक्ताको रुपमा सहभागी हुनेछन् । कर्णाली प्रदेशका सम्पूर्ण स्थानीय सरकार, प्रदेशसभा, सरकारी र निजि क्षेत्रको उपस्थितिमा आयोजना हुने कार्यक्रम डिजिटल रुपान्तरणको लागि फलदायी हुने बिश्वास लिइएको आन्तरिक मामिला मन्त्रालयका सचिव पुस्पराज शाहीले बताए ।

डिजिटल रुपान्तरणको प्रयासमा विभिन्न अभियान र कार्यक्रमहरु सँचालन गरिरहेको आइसिटी फाउन्डेसनले कर्णालीलाइ बिशेष प्राथमिकताको साथ कर्णाली कन्क्लेभको आयोजना गर्न लागिएको अध्यक्ष राजन लम्सालले बताए । दोस्रो संस्करणले डिजिटल साक्षरता सँगै प्रदेशमा भएका विभिन्न सम्भावनालाइ उजागर गर्दै प्रविधि मार्फत जीवनस्तर सुदृण बनाउन सहजीकरण गर्ने लम्सालले बताए ।

डिजिटल कर्णाली कन्क्लेभ २०२५ मा डिजिटल पूर्वाधार, डिजिटल नेतृत्व, नीति, जनशक्ति, शिक्षा, कृषि, पर्यटन, डिजिटल हेल्थ,  इन्नोभेसन, उद्यमशीलता र ई-गर्भेन्सको विषयमा विभिन्न प्रस्तुति र प्यानल छलफल गरिने आयोजकले जनाएको छ ।

यसैगरी कर्णालीको लागि विकास गरिएका सोलुसन र आइडियाहरुको शोकस र प्रस्तुति पनि हुनेछ । यसको लागि कन्क्लेभको आधिकारिक वेबसाइट www.karnali.digital मार्फत डिजिटल सोलुसन/आइडिया को बारेमा जानकारी दर्ता गराउन सकिनेछ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार