नमस्ते पेमा क्यासब्याकको बहार

काठमाडौं । नमस्ते पे ले प्रयोगकर्ताहरूलाई अझ बढी सहजता र सहुलियत प्रदान गर्ने उद्देश्यले विभिन्न सेवाहरूमा आकर्षक क्यासब्याक अफरहरू सुरू गरेको छ । यो अफर २८ फागुन २०८१ देखि ३९ वैशाख २०८२ सम्म उपलब्ध हुनेछ ।

यस अफर अन्तर्गत, प्रयोगकर्ताहरूले नेपाल टेलिकम (एनटी), एनसेल रिचार्ज र ल्यान्डलाइन बिल भुक्तानीमा २ प्रशित क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यसबाहेक, उडान टिकट खरिद गर्दा यात्रुहरूले प्रत्येक टिकटमा रु १५० क्यासब्याक प्राप्त गर्न सक्नेछन् भने नेपाल विद्युत प्राधिकरण (एनईए) बिल भुक्तानीमा कुनै सेवा शुल्क लाग्ने छैन ।

त्यसैगरी, पहिलो पटक कारोबार गर्ने प्रयोगकर्ताहरुलाई थप प्रोत्साहन गर्न, नमस्ते पे ले विशेष क्यासब्याक अफरहरू ल्याएको छ । पहिलो पटक उड़ान टिकट बुक गर्ने प्रयोगकर्ताहरूले रु ३०० को क्यासब्याक प्राप्त गर्नेछन् भने पहिलो पटक रिचार्ज गर्ने वा बिल भुक्तानी गर्ने प्रयोगकर्ताहरूले ५ प्रतिशत रु ५० सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
यसका साथै, नमस्ते पे ले फ्ल्यास अफर सुरु गरेको छ । जस अन्तर्गत प्रयोगकर्ताहरूले प्रत्येक टप(अप र इन्टरनेट बिल भुक्तानीमा १० प्रतिशत रु ५० सम्मको क्यासब्याक साथै एनईए बिल भुक्तानीमा ५ प्रशित रु ५० सम्मको क्यासब्याक पाउन सक्नेछन् ।

क्यासब्याक प्राप्त गर्न प्रयोगकर्ताहरूले प्रोमोकोड प्रयोग गर्नुपर्दैन । जसको अर्थ प्रयोगकर्ताहरूले नमस्ते पे मार्फत जति धेरै लेनदेन गर्नेछन्, उति नै धेरै क्यासब्याक पाउनेछन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार