प्रोटोन ‘इ–मास ७’ सार्वजनिक, सुरुवाती मूल्य ५७ लाख

काठमाडौं । मलेसियन ब्रान्ड प्रोटोनको विद्युतीय कार ‘इ–मास ७’ नेपाली बजारमा सार्वजनिक भएको छ । प्रोटोन गाडीको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्स प्रालिले शुक्रबार एक कार्यक्रमबिच ‘इ–मास ७’ सार्वजनिक गरेको हो । यो प्रोटोनको पहिलो विद्युतीय कार हो ।

इ–मास ७ दुई भेरिएन्ट प्राइम र प्रिमियममा उपलब्ध छ । प्राइमको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ र प्रिमियमको मूल्य ६७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

४९.५२ किलोवाट आवरको ब्याट्रीमा उपलब्ध प्राइमले सिंगल चार्जमा ३४५ किलोमिटर रेन्ज दिन्छ । ४१० किलोमिटर रेन्ज प्रदान गर्ने प्रिमियम भेरिएन्टमा ६०.२२ किलोवाट आवरको ब्याट्री छ । कार डीसी फास्ट चार्जिङ मार्फत ३० प्रतिशतबाट ८० प्रतिशत चार्ज हुन २० मिनेट मात्र लाग्छ । १० मिनेट चार्ज गर्दा यसलाई १३५ किलोमिटरसम्म थप रेञ्ज प्रदान गर्छ ।

नयाँ ईभी ६ कलर विकल्प प्लाटिनम सिल्भर, टक्र्वोइज ग्रीन, स्लेट ग्रे, क्वाट्र्ज रोज र लिथियम ह्वाइटमा उपलब्ध छ ।

जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले नेपालमा प्रोटोन इ–मास ७ सार्वजनिक गर्न पाउँदा उत्साहित भएको बताए । उनले भने, ‘नेपाल दिगो यातायाततर्फ अघि बढिरहेका वेलामा हाम्रो उद्देश्य उच्च प्रदर्शनयुक्त र वातावरणमैत्री सवारी प्रदान गर्नु हो, जसले नेपाली मोटरचालकको आशा र अपेक्षालाई पूरा गर्छ र सरकारको स्वच्छ ऊर्जा नीतिलाई सघाउँछ ।’

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार