सीजी इलेक्ट्रोनिक्स र क्रॉम्पटन पार्टनर्स मिट सम्पन्न  

काठमाडौं । सीजी इलेक्ट्रोनिक्स र क्रॉम्पटन ग्रीव्स कन्ज्युमर इलेक्ट्रोनिक्सले सौराहा, चितवनमा सफलतापूर्वक क्रॉम्पटन पार्टनर्स मिट २०८१ आयोजना  गरेका छन् । “Together Forever…” भन्ने थीममा आधारितभएर गरिएको  कार्यक्रमले क्रॉम्पटन र यसको मूल्यवान व्यावासिक साझेदारहरूको बीचको दीर्घकालीन साझेदारीलाई प्राथमिकता दिएको र यसले साझेदारी, साझा सफलता र नवप्रवर्तनमा जोड दिएको कम्पनीलौ उल्लेख गरेको छ ।

कार्यक्रममा दुर्गेश बक्सीको प्रेरणादायी सम्बोधन गर्दै  दुर्गेश बक्सी, एसोसिएट भाइस प्रेसिडेन्ट तथा प्रमुख – इन्टरनेशनल बिजनेस, Crompton Greaves Consumer Electricals, ले आफ्नो विचार प्रस्तुत गर्दै क्रॉम्पटन र सीजी इलेक्ट्रोनिक्सबीचको बलियो सम्बन्धलाई उजागर गरेका थिए । उनले दुई कम्पनीबीचको रणनीतिक साझेदारी, व्यवसायिक वृद्धिको अवसरहरू, नवीनतम उत्पादन र प्रविधिहरूको प्रयोगद्वारा बजार विस्तारको संभावनाहरूको चर्चा गरेका थिए ।

सौरभ गौड सिनियर म्यानेजर – इन्टरनेशनल बिजनेस, Crompton Greaves Consumer Electricals पनि कार्यक्रममा सहभागी थिए। उनले क्रॉम्पटनका नवीनतम उत्पादनहरूको बारेमा जानकारी प्रस्तुत गरेका थिए ।

क्रॉम्पटन सीजी इलेक्ट्रोनिक्स बारेमा:

Crompton Greaves Consumer Electricals (क्रॉम्पटन) उपभोक्ता इलेक्ट्रिकल क्षेत्रमा एक प्रमुख नाम हो, जुन नवप्रवर्तन, गुणस्तर र ऊर्जा-दक्ष समाधानहरूको लागि प्रसिद्ध छ। क्रॉम्पटनले पंखा, र गृह उपकरण जस्ता अत्याधुनिक इलेक्ट्रिकल उपकरणहरूको आपूर्ति गर्ने काम गरेको छ । कम्पनीले अनुसन्धान र विकासमा निरन्तर लगानी गर्दै स्मार्ट र दिगो समाधानहरू ल्याउने प्रयास गर्दै आएको जनाएको छ ।

सीजी इलेक्ट्रोनिक्स, ग्लोबल रूपमा पहिचान प्राप्त गरेको सीजी कर्प ग्लोबलको एक शाखा, नेपालमा विश्वस्तरीय इलेक्ट्रोनिक्स र इलेक्ट्रिकल समाधानहरू ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको छ। क्रॉम्पटनको विश्वासपात्र साझेदारको रूपमा, सीजी इलेक्ट्रोनिक्सले ग्राहकको अनुभवलाई सुदृढ पार्दै, बजार पहुँचलाई विस्तार गर्दै र प्रौद्योगिकी उन्नतिमा ध्यान केन्द्रित गर्दै आएको छ। एक बलियो वितरण नेटवर्क र उत्कृष्टताको प्रतिबद्धता सहित, सीजी इलेक्ट्रोनिक्स नेपालमा वृद्धि र नवप्रवर्तनको यात्रा निरन्तर अघि बढाउँदै छ।

क्रॉम्पटन र सीजी इलेक्ट्रोनिक्सको साझेदारीले व्यवसाय र उपभोक्ताहरूलाई भरपर्दो, उच्च गुणस्तरीय इलेक्ट्रिकल समाधानहरूसँग सशक्त बनाउँदै, स्मार्ट र जडान गरिएको भविष्यको दृढ दृष्टिकोणलाई सुदृढ गरिरहेको छ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार