काठमाडौं । टिकटकले एनसेल नेपाल सुपर लिग (एनएसएल) सँग आगामी तेस्रो सिजनको लागि अफिसियल इन्टरटेनमेन्ट पार्टनरको रूपमा साझेदारी गरेको छ।
मार्च २९ देखि काठमाडौंमा आयोजना हुने एनसेल एनएसएल दशरथ रंगशालामा अप्रिल २६, २०२५ मा हुने फाइनलसँगै समाप्त हुनेछ।
टिकटक पछिल्ला केही वर्षहरूमानेपालमा खेलकुद र मनोरञ्जन कन्टेन्टको एक महत्त्वपूर्ण स्रोत एवम् जोशिला प्रशंसक र क्रियटरहरूको लागि जमघटस्थलको रूपमा विकसित भएको छ। प्रत्येक दिन हजारौं भिडियोहरू साझेदारी गरिने प्लेटफर्मले मानिसहरूलाई आफ्ना मनपर्नेटिम, खेलाडी र म्याच डे इभेन्टहरू छलफल गर्ने ठाउँ दिन्छ।
नेपालका फुटबल फ्यानहरूले #NSL र #NepalSuperLeague ह्यासट्यागहरू प्रयोग गरेर टिकटकमा यस प्रतियोगिताका अविस्मरणीय क्षणहरू सँगै सेलिब्रेट गर्न सक्नेछन्। साथै, #CelebrateFootball ह्यासट्यागले टिकटकमा युनिक कन्टेन्टहरू प्रस्तुत गर्नेछ जसले युजर डिस्कभरी र एनएसएल कन्टेन्टसँग संलग्नता बढाउँछ। यसबाहेक, #CelebrateFootball ले फ्यानहरूलाई नेपाली फुटबलमा यस अघि कहिल्यै नभएको एक्सक्लुसिभ बिहाइन्ड द सिन एक्सेसपनि प्रदान गर्नेछ।
टिकटकको दक्षिण एसियाकी कन्टेन्ट अपरेसन प्रमुख पूजा दत्ताले भनिन्,“हामी नेपालको सबैभन्दा ठूलो खेलकुद कार्यक्रमहरू मध्ये एकएनसेल एनएसएल ३ को अफिसियल इन्टरटेनमेन्ट पार्टनर बन्न पाउँदा उत्साहित छौं। यस साझेदारीसँगै हामीले टिकटकमा यस सिजनभरि नै लिगका फ्यानहरूमाझ यस भव्य प्रतियोगिताको भावना र जोश ल्याउने लक्ष्य राखेका छौं।
एनएसएलका प्रबन्ध निर्देशक श्रेयान्स कार्कीले भने,“एनएसएलसधैंभरि फुटबलमा फ्यानहरूको अनुभवलाई पुन: परिभाषित गर्ने प्रयास गर्दछ। यो सहकार्यले उनीहरूलाई लिग र आफ्ना मनपर्ने खेलाडीहरूसँग पहिलो पटक नजिक ल्याउनेछ। फुटबल केवल खेल मात्र होइन,यो जोश, समाज र साझा अनुभवहरूको बारेमा पनि हो। यहाँ हामी एनएसएल प्रेमीहरूलाई नजिक ल्याउन र टिकटक मार्फत फुटबलप्रतिको उनीहरूको प्रेम सेलिब्रेट गर्न सक्छौं।”