आठ महिनामा निर्जीवन बीमा कम्पनीको आम्दानी पौने चार अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो आठ महिना निर्जीवन बीमा कम्पनीहरुले पौनै चार अर्ब रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीले फागुन मसान्तसम्म ३ अर्ब ७५ करोड ४७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।

यस अवधिमा निर्जीवन बीमा कम्पनीहरुले २ लाख २१ हजार ७७६ वटा बीमा पोलिसी बिक्री गरी उक्त बीमाशुल्क संकलन गरेका हुन् ।

यस अवधिसम्ममा सबैभन्दा धेरै बीमा शुल्क संकलन गर्नेमा शिखर इन्स्योरेन्स रहेको छ छ । कम्पनीले ८८ करोड १८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

दोस्रो स्थानमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३८ करोड ६८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

तेस्रो स्थानमा रहेको आइजीआई प्रुडेन्यिसल इन्स्योरेन्सले ३४ करोड ९१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले ३० करोड ६५ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले २८ करोड ८७ लाख रुपैयाँ र नेको इन्स्योरेन्सले २४ करोड ४६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

यस्तै एनएलजी इन्स्योरेन्स कम्पनीले २३ करोड ७५ लाख रुपैयाँ, यूनाइटेड अजोड इन्स्योरेन्सले १९ करोड ७१ लाख रुपैयाँ र सानिमा जिआइसी इनस्योरेन्सले १८ करोड ५७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

ओरिएन्टल इन्स्योरेन्सले १७ करोड ८३ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १५ करोड ३३ लाख रुपैयाँ र नेपाल इन्स्योरेन्सले १४ करोड २८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । प्रभु इन्स्योरेन्सले १३ करोड ७ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्सले ७ करोड १३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार