काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार १९ अर्ब ४९ करोडको ट्रेजरी बिल नविकरण गर्दैछ ।
आन्तरिक ऋण उठाउने उद्देश्ले जारी गरेको उक्त रकम बराबरको ट्रेजरी बिलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले सहभागी हुन सक्ने छन् । कर्जा लगानी गर्न नसक्दा आन्तरिक ऋण उठाउने प्रयोजनका लागि सरकारले जारी गरेको ट्रेजरी बिलमा बैंक तथा वित्तीय संसथाहरुले प्रतिस्पर्धा गर्न लागेको हुन् ।
कार्यालयका अनुसार २८ दिनका लागि ५ अर्ब, ९१ दिनका लागि ९ अर्ब ४९ करोड बराबरको र ३६४ दिनका लागि ५ अर्ब बराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागिएको हो । यो ट्रेजरी बिल क्रमशः २०८२ वैशाख ९ गते , २०८२ असार १० गते र २०८२ चैत १० गते भित्र परिपक्व हुनेछ । २८ दिन, ९१ दिन र ३६४ दिन अवधि रहने ट्रेजरी बिलको लागि सोमबार १० बजे देखि ३ बजेसम्म आवेदन दिन सकिने छ ।
यसअघि चैत ४ गते कार्यालयले ट्रेजरी बिल सार्वजनिक गरेको थियो । ९१ दिनको लागि ५ अर्ब बराबरको ट्रेजरी बिल सार्वजनिक गरेको थियो । ५ अर्ब बराबरको ट्रेजरी बिलका लागि १३ अर्ब ६४ करोड बराबरको बोल परेको थियो । जसमा औषत छुटदर २.९१३९ प्रतिशत रहेको थियो । अर्को १८२ दिनको लागि ४ अर्ब ३० करोड बराबरको ट्रेजरी बिल सार्वजनिक गरेको थियो । ४ अर्ब ३० करोडको ट्रेजरी बिलका लागि १० अर्ब ८५ करोड बराबरको बोल परेको थियो । जसमा औषत छुटदर २.९८५७ प्रतिशत रहेको थियो । र अर्को ३६४ दिनको लागि ९ अर्ब बराबरको टे«ेजरी बिल सार्वजनिक गरेको थियो । ९ अर्बको ट्रेजरी बिलका लागि १६ अर्ब ८५ करोड बराबरको बोल परेको थियो । जसमा औषत छुटदर ३.०२३० प्रतिशत रहेको थियो ।
पछिल्लो सयम ट्रेजरी बिल बिक्री नभए सँगै कार्यालयले १९ अर्ब ४९ करोड बराबरको नविकरण गरेको हो । । ट्रेजरी बिलको छुटदर ३ प्रतिशत रहेसँगै प्रतिस्पर्धा बढेको हो । तरलता प्रशोचन गर्ने क्रममा बैंकहरुको आर्कषण ट्रेजरी बिलमा बढेको हो । तरलता प्रशोचनका लागि बैंकहरुले ऋणपत्रमा लगानी गर्न खोजिरहेका छन् , जसले गर्दा अल्पकालिन ब्याजदरहरु समेत घट्दै गएका छन् ।

