CLI

लघु जीवन बीमा कम्पनीहरुको व्यापार करिब साढे ७२ करोड

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिना फागुनसम्म लघु जीवन बीमकहरुले करिब साढे ७२ करोड रुपैयाँको व्यापार गरेका छन्।

नेपाल बीमा प्राधिकरणले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार ३ वटा लघु जीवन बीमा कम्पनीहरुले फागुनसम्म ७ लाख ९१ हजार ८५६ वटा बीमालेख बिक्री गरेर ७२ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।

सबैभन्दा धेरै व्यापार गर्नेमा  गार्डियन माइक्रो लाइफ रहेको छ। फागुनसम्म यो कम्पनीले ५ लाख ४४ हजार ६३६ वटा बीमालेख बिक्री गरेर २८ करोड ५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

दोस्रोमा क्रेस्ट माइक्रो लाइफ रहेको छ। यो कम्पनीले फागुनसम्म १ लाख ५१ हजार ६३२ वटा बीमालेख बिक्री गरेर २६ करोड ६४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

साथै फागुनसम्म लिवर्टी माइक्रो लाइफले भने ९५ हजार ५८८ वटा बीमालेख बिक्री गरेर १७ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

Leave Your Comment

Related News