सिटी एक्सप्रेस मनि ट्रान्सफरद्वारा उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न

काठमाडौं ।  सिटी एक्सप्रेस मनि ट्रान्सफरले विशेष उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ। “१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौं गुणा” योजनाअन्तर्गत कोरियाबाट निराजन ढकालले जी मनि ट्रान्समार्फत पठाएको रकमको १८ गुणा बराबर ७ लाख ५४ हजार ३६२ रुपैयाँ जित्न सफल भएका थिए। उक्त रकम उनकी आमा निर्मला तिवारीलाई हस्तान्तरण गरियो।

कार्यक्रममा नेपाली चर्चित हास्य कलाकार तथा सिटी एक्सप्रेस मनि ट्रान्सफरका ब्रान्ड एम्बेसडर जितु नेपालको उपस्थिति रहेको थियो। सोही योजनाअन्तर्गत लक्की ड्र मार्फत विभिन्न आकर्षक उपहार प्रदान गरियो।

योजना अनुसार:

हरेक महिना २ जनाले सामसुङ स्मार्टफोन,

हरेक हप्ता २ जनाले सामसुङ स्मार्ट टिभी,

९० दिन लगातार हरेक दिन १८ जनाले रु ५०० को सिटी पे वालेट टप-अप

अन्त्यमा, एक जना भाग्यशाली बम्पर विजेताले पठाएको रकमको १८ गुणा बढी रकम जित्ने अवसर पाउने व्यवस्था गरिएको थियो।

योजना अनुसार, १६२० जनाले दैनिक उपहार (रु ५०० को वालेट टप-अप), २४ जनाले साप्ताहिक उपहार (सामसुङ स्मार्ट टिभी) र ६ जनाले मासिक उपहार (सामसुङ स्मार्टफोन) जितिसकेका छन्।

२०८२ को क्यालेन्डर सार्वजनिक

सोही कार्यक्रममा सिटी एक्सप्रेस मनि ट्रान्सफरले २०८२ सालको क्यालेन्डर पनि सार्वजनिक गर्‍यो। हरेक वर्ष नवीनतम विषयवस्तु समावेश गरेर क्यालेन्डर प्रकाशन गर्दै आएको कम्पनीले यस वर्ष आर्थिक समृद्धि विषयलाई केन्द्रमा राखेर क्यालेन्डर तयार पारेको छ।

१८ वर्षको सफल यात्रा

सिटी एक्सप्रेस मनि ट्रान्सफरले विगत १८ वर्षदेखि संसारभरबाट नेपालमा विप्रेषण सेवा प्रदान गर्दै आएको छ। हालै, कम्पनीले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानी सेवा सञ्चालन गरेको छ, जसबाट ग्राहकले सहज रूपमा रेमिटेन्स भुक्तानी गर्न सक्नेछन्।

सिटी एक्सप्रेस मनि ट्रान्सफरले आगामी दिनहरूमा ग्राहकहरूको सुविधाका लागि थप प्रविधिमैत्री सेवा विस्तार गर्ने लक्ष्य राखेको छ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार