CLI

नेपाल लाइफ इन्स्योरेन्सद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले २०८२ सालको क्यालेन्डर सार्वजनिक गरेको छ। कम्पनीको केन्द्रीय कार्यालय, कमलादीमा आयोजित विशेष समारोहका बीच क्यालेन्डर सार्वजनिक गरिएको हो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, प्रमुख—बिजनेस अपरेसन ओम प्रकाश पुडासैनी र प्रमुख वित्त अधिकृत प्रेम प्रसाद रेग्मीले संयुक्त रूपमा क्यालेन्डर अनावरण गरे। उक्त क्यालेन्डरमा बिदाको सूची, पर्व, दिवस, पञ्चांग तिथि तथा तारिख समावेश गरिएको छ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सम्पूर्ण ग्राहक महानुभावहरू, कम्पनीको मेरुदण्डका रूपमा रहेका बीमा अभिकर्ताहरू, मार्गनिर्देशक संचालक पदाधिकारीहरू, समर्पित कर्मचारीहरू, स्नेह प्रदान गर्ने शेयरधनीहरू, नेपाल बीमा प्राधिकरण तथा अन्य नियामक निकायहरू प्रति आभार व्यक्त गर्दै २०८२ सालको अग्रिम शुभकामना व्यक्त गरे।

उनले कम्पनीलाई थप सशक्त बनाउन नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहक सेवाको गुणस्तर सुधार गर्न समयसापेक्ष योजना ल्याउने प्रतिबद्धता जनाए। साथै, सम्पूर्ण सरोकारवालाहरूको अपेक्षा पूरा गर्न कम्पनी दत्तचित्त भएर लागि पर्ने कुरामा उनले विशेष जोड दिए।

Leave Your Comment

Related News