काठमाडौं । सरकारले हितेन्द्रदेव शाक्य विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
आजै बसेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई उक्त पदबाट हटाउने निर्णय गरेपछि सो पदमा शाक्यलाई नियुक्त गरिएको हो ।
शाक्यलाई २०७७ साउन २७ मा तत्कालिन सरकारले जल तथा ऊर्जा मन्त्रालयमा विशेष पद सिर्जना गरी शाक्यलाई मन्त्रालय तानेको थियो भने उक्त पदमा घिसिङलाई नियुक्त गरिएको थियो ।