CLI

कुमारी बैङ्कको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । कुमारी बैंकको १६ लाख कित्ता शेयर बिक्रीमा रहेको  छ।

बैंकको संस्थापक समूहको शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई कुमारी बैंकका संस्थापक शेयरधनीले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालय वा नक्सालस्थित कुमारी क्यापिटलमा पेस गर्न सकिनेछ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

 

Leave Your Comment

Related News