काठमाडौं । आज सुनको मूल्य घट्दा चाँदी मूल्य स्थिर रहेको छ । मंगलबार सुन तोलामा २०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रति तोला १ लाख ७३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन तोलामा १ लाख ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रति तोला १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

