क्रेटा ईभी सार्वजनिक, सुरुवाती मूल्य ५१ लाख ९६ हजार

काठमाडौं । हुन्डाई क्रेटा ईभी नेपालमा सार्वजनिक भएको छ । नेपालका हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले क्रेटा ईभी सोमबार नेपाली बजारमा सार्वजनिक गरेको हो । क्रेटा ईभीको सुरुवाती मूल्य ५१ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । टप भेरियन्टको मूल्य ५९ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

क्रेटा ईभी विभिन्न ४ भेरियन्ट उपलब्ध छ । हुन्डाईले क्रेटा ईभी ९९ किलोवाट र १२६ किलोवाट मोटर अप्सनमा उपलब्ध गराउनेछ । ९९ किलोवाटको मोटरसँग ४२ किलोवाट क्षमताको ब्याट्री हुनेछ । यसले ३९० किलोमिटर रेन्ज प्रदान गर्छ ।

१२६ किलोवाटको मोटरसँग ५१.४ किलोवाटको ब्याट्री हुनेछ । यसले ४७३ किमी रेन्ज दिन्छ । लुक्स र डिजाइन क्रेटाको जस्तै हुनेछ भने इन्टेरियरमा केहि परिवर्तन हुने कम्पनीले बताएको छ ।

क्रेटा ईभी ७.९ सेकेन्डमै ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्षम छ ।

डीसी फास्ट चार्जरको माध्यमबाट १० देखि ८० प्रतिशत चार्ज गर्न ५८ मिनेट लाग्ने छ। घरमा प्रयोग गरिने ११ किलोवाट एसी चार्जरले ब्याट्रीलाई पूर्ण चार्ज गर्न करिब ४ घण्टा समय लिन्छ ।

मेड इन नेपाल क्रेटा आईस

कम्पनीले क्रेटा ईभीसँगै मेड इन नेपाल क्रेटा आईस पनि सार्वजनिक गरेको छ । क्रेटा आईसको सुरुवाती मूल्य ५३ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । २०२५ मा आयात गरिने आईस मोडलहरुको तुलनामा ९ लाख रुपैयाँसम्म सस्तो रहेको कम्पनीको दाबी छ । आईस क्रेटा १० हजार युनिटभन्दा धेरै बिक्री भइसकेको छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार