माछापुच्छ्रे क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक र शेयर रजिष्ट्रारको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले माछापुच्छ्रे क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक र शेयर रजिष्ट्रारको अनुमति प्रदान गरेको छ। सोमबार बसेको सेबोनको बोर्ड बैठकले उक्त स्वीकृति प्रदान गरेको हो।

सेबोनबाट अनुमति प्राप्त भएसँगै माछापुच्छ्रे क्यापिटलले प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ), हकप्रद शेयर, ऋणपत्र तथा अन्य धितोपत्रहरूको निष्कासन, बिक्री र वितरण प्रक्रियाको व्यवस्थापन गर्न सक्नेछ। साथै, शेयर रजिष्ट्रारको रूपमा कम्पनीले शेयरधनीहरूको विवरण व्यवस्थापन, लाभांश वितरण, स्वामित्व हस्तान्तरण लगायतका सेवा प्रदान गर्नेछ।

माछापुच्छ्रे क्यापिटल, माछापुच्छ्रे बैंकको सहायक कम्पनी हो। सेबोनले २०७५ साउन ८ गतेदेखि मर्चेन्ट बैंकर्सलाई नयाँ लाइसेन्स दिने प्रक्रिया रोकेको थियो। तर, माघ २३ गते बसेको बोर्ड बैठकले सो प्रक्रिया पुनः सुरु गर्ने निर्णय गरेपछि माछापुच्छ्रे क्यापिटलले लाइसेन्स प्राप्त गरेको हो।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार