नेप्से ४०.४७ अंकले बढ्यो, चार अर्ब माथिको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसुचक ४०.४७ अंकले बढेर २६२३.२१ विन्दुमा पुगेको छ । मंगलबार नेप्से ५८.०५ अंकले घटेको थियो ।

आज ३१७ कम्पनीको शेयर ४८ हजार ७८५ पटक किनबेच भएको छ । ९१ लाख ४२ हजार ९४१ कित्ता शेयर खरिद बिक्री हुँदा ४ अर्ब २० करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सबै उपसमूहरु बढेको छ ।

माउन्टेड हाइड्रो नेपालको शेयर मूल्य ५.८५ प्रतिशतले बढेको छ ।

उपकार लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ७.०९ प्रतिशतले घटेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार